९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष २९ गते सोमबार तपाईँको भाग्य कस्तो छ ?


२९ पुस २०८१, सोमबार  

513
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २९ गते सोमबार ।

ई.सं. २०२५ जनवरी १३, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१५ बजेसम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ । रमाइला गतिविधिमा आजको दिन व्यतित हुनुका साथै प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले अत्मविश्वास बढ्नेछ । कुनै पुराना समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । जीवनसाथिको लागि केही समय छुट्याउनु उपयुक्त होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यस्थितिमा देखिएको समस्या समाधान हनेछ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ । इज्जत धान्न र आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति देखिन्छ । नयाँ परिकार बनाएर खाने र खुवाउने बिषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतिपक्षसँगको सम्बन्ध सुमधुर रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ सावित गर्ने दिन हो । नौलो बिषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । निर्णय क्षमतामा बढोत्तरी हुनुका साथै कार्यक्षेत्रमा सहजता आउने देखिन्छ । आफूलाई उर्जावान र जीवन्त महसुस गरिनेछ । व्यक्तित्व निर्माणका साथसाथै शारीरिक सुगठन र रुप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एकअर्काको कमजोरी खोतल्ने बानिले प्रेम सम्बन्धमा असर पुर्याउनसक्छ । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच पलाउनसक्छ । तरल पदार्थको कारोबार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरु र फलफुल÷तरकारीको व्यवसायमा विशेष लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कमीकमजोरी र असफलताहरु पन्छाउँदै क्षमताअनुरुप परिश्रम गर्नुपर्ने दिन छ । लक्ष्यप्रति केन्द्रित भएर लागेमा ठूलो सफलता पाउन सकिनेछ । परिवारजनको आवश्यकताका निमित्त केही समय खट्नुपर्ने हुनसक्छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै नयाँ बिषयवस्तु वा प्राविधिक ज्ञान हासिल गर्ने रुचि बढ्नेछ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेवारी बोध हुनेछ । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ । समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सकिनेछ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफ्नो भित्री कमिकमजोरीलाई पन्छाएर अघि बढ्दा सफलता मिल्नेछ । गोपनीय बिषयवस्तु वा मानसिक उल्झनले तनाव बढ्न सक्ने छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । कालीगढी, मरमतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा निकै राम्रो हुने दखिन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भावनात्मक कुराले मनमा चिन्ता बढाउन सक्छ । अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय छ । गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनसक्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । आफूलाई चित्त नबुझेको कुरामा आफ्नो मत राख्नु उचित होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवस्तता बढ्नुका साथै सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय रहेको छ । आफ्ना कुरा थोपर्नु भन्दा पनि अरुको भावनालाई बुझ्नु उचित होला । घरपरिवारको खुसीका लागि समय व्यवस्थापन गर्नु उचित होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
थोरै लाभका लागि समेत धेरै मिहेनत गर्नुपर्ने परिस्थिति बन्न सक्छ । इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु उचित होला । अन्यथा कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ कारोबारप्रतिको आकर्षण बढ्ने देखिन्छ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धिको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने उपयुक्त समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफुभन्दा माथिल्लो कर्मचारिको आदेशलाई बेवास्ता गर्नु उचित नहोला । धरायसी बिषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पार्नसक्छ । परिबन्द र बाध्यतामा खुम्चिकु पर्दा मन निरस बन्नसक्छ । जीवनसाथिको इच्छाअनुसार समय निकाल्न कठिन हुनेछ । घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो