८ कार्तिक २०८३, आइतबार । October 25, 2026

आइतबार २५ अंकले घट्यो नेप्से, ३ अर्ब ९९ करोडको कारोबार


२८ पुस २०८१, आइतबार  

45
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ ।

आज नेप्सेमा २५ दशमलव ४१ अंक (० दशमलव ९६ प्रतिशत) को गिरावट भएको छ । आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ ।

जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ । आइतबार नेप्सेमा ४६ हजार ६ सय १४ कारोबारमा ८० लाख २१ हजार ६ सय ६१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ । गत बिहीबार ६ दिनपछि घटेको नेप्से आइतबार लगातार दोस्रो दिन पनि घटेको हो ।

आइतबार वित्त कम्पनी उपसूचकमा सर्वाधिक गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ३ दशमलव ६० प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १ दशमलव ६० प्रतिशतले गिरावट भएको छ । त्यस्तै हाइड्रोपावर उपसूचक १ दशमलव ४४ प्रतिशत र उत्पादनमूलक उपसूचक १ दशमलव ३६ प्रतिशतले गिरावट भएको छ ।

आइतबार सबै उपसूचकमा गिरावट भएको हो । बजार परिसूचकसँगै कारोबार रकम घटेकोमा आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक २० करोड ४२ लाखको किनबेच भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १८ करोड ८० लाख र सिंगटी हाइड्रो इनर्जीको सेयर १६ करोड ५० लाखको किनबेच भएको छ ।

आइतबार नेप्सेमा कुल २ सय ४३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय ९४ सूचीकृत कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि