४ असार २०८३, बिहिबार । June 18, 2026

आइतबार २५ अंकले घट्यो नेप्से, ३ अर्ब ९९ करोडको कारोबार


२८ पुस २०८१, आइतबार  

45
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ ।

आज नेप्सेमा २५ दशमलव ४१ अंक (० दशमलव ९६ प्रतिशत) को गिरावट भएको छ । आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ ।

जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ । आइतबार नेप्सेमा ४६ हजार ६ सय १४ कारोबारमा ८० लाख २१ हजार ६ सय ६१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ । गत बिहीबार ६ दिनपछि घटेको नेप्से आइतबार लगातार दोस्रो दिन पनि घटेको हो ।

आइतबार वित्त कम्पनी उपसूचकमा सर्वाधिक गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ३ दशमलव ६० प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १ दशमलव ६० प्रतिशतले गिरावट भएको छ । त्यस्तै हाइड्रोपावर उपसूचक १ दशमलव ४४ प्रतिशत र उत्पादनमूलक उपसूचक १ दशमलव ३६ प्रतिशतले गिरावट भएको छ ।

आइतबार सबै उपसूचकमा गिरावट भएको हो । बजार परिसूचकसँगै कारोबार रकम घटेकोमा आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक २० करोड ४२ लाखको किनबेच भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १८ करोड ८० लाख र सिंगटी हाइड्रो इनर्जीको सेयर १६ करोड ५० लाखको किनबेच भएको छ ।

आइतबार नेप्सेमा कुल २ सय ४३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय ९४ सूचीकृत कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा