२७ पुस २०८२, आइतबार । January 12, 2026

लस एन्जलस आगलागीः मृत्यु हुनेको संख्या १३ पुग्यो, तीव्र गतिको हावाले आगो अझै फैलन सक्ने चेतावनी



एजेन्सी । अमेरिकाको लस एन्जलमा डढेलोमा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म १३ जनाको मृत्यु भएको र १३ जना अझै बेपत्ता रहेको पुष्टि भएको छ । वस्तीसहित ३९ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरु ढलेका छन् ।

बीबीसीमा प्रकाशीत समाचारमा लेखिए अनुसार लस एन्जलमा यतिबेला आपतकाल घोषणा गरिएको छ । यहाँको वायुको गुणस्तर समेत निकै प्रदुषित बन्दै गएको समेत बताइएको छ । आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपी धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम विभागका अनुसार राति लाग्ने तिव्र गतिको हावाले अझै पनि आगो फैलाउनसक्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले