२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १९औँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न


२८ पुस २०८१, आइतबार  

45
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो १९ औँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।

शनिबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा एक भव्य कार्यक्रम गर्दै इक्यानले वार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रमको उद्दघाटन सत्रमा इक्यानका अध्यक्ष शेषराज भट्टराई अब बन्ने शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई सकारात्मक रुपमा हेरिनुपर्ने माग राखेका छन्।

उनले शिक्षाको बदलिँदो परिस्थितीमा वैदेशिक शिक्षामा सारथी बन्ने विभिन्न संघसंस्थाका लागि भिन्नै ऐन र नियमावली बन्न आवश्यक भएको पनि बताए । अध्यक्ष भट्टराईले शैक्षिक परामर्श संघप्रति सरकारको दोधारो चरित्रमाथि पनि प्रश्न उठाएका छन्। यस्तै, प्रमुख अतिथिका रुपमा कार्यक्रममा पुगेका सभामुख देवराज घिमिरेले विद्यार्थीहरुले विदेश गएर पढ्ने भन्दा पनि पढाईलाई कमाईको माध्यम बनाउनु बिडम्वना भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सभामुख घिमिरेले विद्यार्थीहरु पढ्ने भन्दा पनि शिक्षालाई जिविको पार्जनको माध्यम बनाउँदा राज्यले विडम्बनापूर्ण स्थिती भोगिरहेको बताए। ‘इक्यानले प्राविधिक शिक्षा आर्जन गर्नेको लागि कुन मुलुकमा, कुन विश्व विद्यालयमा गएर पढ्यो भने उक्त शिक्षा आर्जन गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिँदै आएको छ ।

जुन शिक्षा हाम्रो नेपालको समाजलाई अघि बढाउने सन्दर्भमा अथवा राष्ट्रको हितमा प्रयोग गर्न सकिन्छ । त्यहाँको शिक्षा आर्जन गरिसकेपछि नेपालमा फर्केर एउटा उदाहरण दिन सकिन्छ वा आकर्षणको चिज बनाउन सकिन्छ ।’ सभामुख घिमिरेले भने । यस्तै कार्यक्रममा पर्यटनमन्त्री बद्री प्रसाद पाण्डे आगामी दिनमा इक्यानको सल्लाह अनुसार विदेशी विद्यार्थी भित्र्याउन सहजताका लागि आवश्यक नीति, कानुनका निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिबद्दता जनाएका छन्।

उनले नेपालका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार सदैव अग्रसर रहने बताएका हुन्। उद्दघाटन सत्रको अन्त्यमा, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले अब कुनैपनि शैक्षिक परामर्श र परामर्श व्यवसायीहरु उच्च शिक्षा ऐनदेखि त्रसित नहुन आग्रह गरेका छन् ।

उनले पहिले शैक्षिक परामर्श संघ र शैक्षिक परामर्श व्यवसाय संघहरुलाई त्रसित हुने गरेको तर, उक्त त्रास अब हटेको बताएका हुन्। इक्यानको १९ औँ बार्षिक साधारणसभाको प्रमुख अतिथिमा सभामुख देवराज घिमिरे र विशिष्ट अतिथीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे उपस्थित भएका थिए।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ