२८ फाल्गुन २०८२, बिहिबार । March 12, 2026

पुष २८ गते आइतबार तपाईँको दिन कस्तो छ ?


२८ पुस २०८१, आइतबार  

828
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २८ गते आइतबार ।

२०२५ जनवरी १२, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२८ मा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१४ सम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक बाध्यतामा खुम्चिनुपर्ने हुनसक्छ । आर्थिक दृष्टिले तपाईँका लागि आजको दिन निकै कमजोर देखिन्छ । कुनै लाभमुलक काम छ भने लापरबाही गर्नु उचित नहोला । सागसब्जी र चिसोजन्य कारोबारबाट राम्रो लाभ लिनसकिने छ । अन्य दिनहरुको भन्दा केही कठोर भएको आभाष हुनेछ । मन फुरुङ्ग र हलुका हुने हुँदा दिन सहजै वित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास बढ्नुका साथै नयाँ कुरा जान्ने उत्सुकतापनि बढ्नेछ । अल्छिपनाले लक्ष्यमा बाधा पुर्याउन सक्छ । विजय र सफलताले पछ्याउने छ । रिसराग, घमण्ड र अहंकारबाट सकभर टाढा रहनुनै उचित होला । परिस्थिति अनुकुल नभएपनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्य विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यक्तिगत जीवनमा प्रभाव पार्नसक्ने महत्वपूर्ण र प्रेमिल व्यक्तिसँग भेट हुनसक्छ । सहयोगीहरुसँग केही असमझदारी बढ्ने देखिन्छ । कसैको आश्वासन भन्दापनि आफ्नो मिहेनतमा भर पर्नु राम्रो होला । कामको चाप बढ्नुका साथै दौडधुप बढ्नसक्छ । ढुवानी, यातायात वा मार्केटिङ जस्ता व्यवसायमा राम्रो लाभ पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
परदेशमा रहेका आफन्तजन वा विछोडिएका पुराना साथिभाइसँग पुनर्मिलन हुने योग छ । जिम्मेवार र कर्तव्यपालन देखेर सबैले प्रशंसा गर्नेछन् । लक्ष्य प्राप्तिका निम्ति थप परिश्रम आवश्यक छ । विदेश जाने सपना सँगाल्नु भएको छ भने प्रयास गर्दा सफलता मिल्नसक्छ । प्रयास गरेमा अड्किएको वा फसेको धन हात पर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आलस्यपनले काममा बाधा पुग्नसक्छ । नसोचेको ठाउँबाट पुरस्कार प्राप्त गर्ने योग रहेको छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्नसक्छ । जीवनसाथिको चाहनाअनुसार समय निकाल्न नसक्दा अनावश्यक तनावको सामना गर्नुपर्ने हुनसक्छ । अचानक धनलाभको सम्भावना रहेको छ । कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ । असहाय र दिनदुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ । मान्यजनको आर्शिवाद लिएर अघि बढ्नु उचित होला । व्यापार व्यवसाय तथा आर्थिक क्रियाकलापबाट फाइदा हुनेछ । कुनै नयाँ ठाउँमा लगानी गर्ने योजना बनाउनुभएको छ भने अघि बढ्नु उचित हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनोरञ्जनमा केन्द्रित हुँदा पढाइ र काम बिथोलिन सक्छ । थप परिश्रम र मिहेनतको आवश्यक्ता देखिन्छ । जोखिम र संकटले घेरेको छ, धेरै कमाउने लोभमा भएको पनि गुमाउने परिस्थिति बन्नसक्छ । आफूभन्दा माथिल्लो अहोदाको कर्मचारिबाट असन्तुष्टि पोखिने छ । शरीर अस्वस्थ भएपनि काममा खटिनुपर्ने बाध्यता हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मित्रता र प्रेमको बन्धन कसिने सम्भाना छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ । पारिवारिक जीवन सुखमय रहनेछ । आनन्द र मनोरञ्जनात्मक गतिविधिमा सरिक भइने छ । कमकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्नेछ । नयाँ करार वा सम्झौताको सम्भावना रहेको छ । पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । विवाद,प्रतियोगिता वा प्रतिष्पर्धामा सरिक हुँदा चुनौती बढ्नसक्छ । योजनावद्ध तयारी गर्दा विजयी तपाईँको पोल्टामा पर्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । कुनै नयाँ कामको थालनी गर्ने सोच्नुभएको छ भने प्रयास गर्नुहोला । तालिम वा ज्ञान बढाउने बिषयमा सरिक हुँदा लाभ मिल्नेछ । आफुभन्दा तल्लो तहको कर्मचारी र सन्तानबाट समेत लाभ हुनेछ । साथिभइ र प्रियजनसँगको सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीर स्वस्थ रहेपनि मनमा चिन्ता बढ्नेछ । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । परिश्रम गरेबमोजिमको सफलता पनि मिल्नेछ । घरायसी परिबन्दले साथिभाईसँगको भेटघाटको अनुकूलता नमिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ मिल्नेछ । अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा नोक्सानी व्यहोर्नुपर्ला । दाम्पत्य जीवनमा नयाँ आयाम थपिनुका साथै पुराना साथिभाइ र सहयोगीहरुसँग अप्रत्यासित भेटघाट हनसक्छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी बिषयमा रुचि बढ्नेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по