२५ फाल्गुन २०८२, सोमबार । March 10, 2026

पुष २६ गते शुक्रबारको तपाईँको राशिफल


२६ पुस २०८१, शुक्रबार  

708
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २६ गते शुक्रबार ।

ई.सं. २०२५ जनवरी १०, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कामको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१४ बजेसम्म हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जीवनसाथिको इच्छा र भावना बुझ्न सके प्रेम सम्बन्ध प्रगाढ हुनेछ । व्यक्तित्वमा निखारमा आउनुका साथै आत्मविश्वास बढ्नेछ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्दा सफलता मिल्नेछ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सुरक्षा सतर्कतालाई ध्यान नदिँदा धनमाल चोरीको सम्भावना रहेको छ । कुनै कुरामा लापरबाही गर्दा भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा बिषयमा मात्र ध्यान केन्द्रित गर्न सकिदैन । नकारात्मक कुराहरुले गर्दा मन र मस्तिष्क बहकिन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कुनै नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उपयुक्त होला । बोनस वा अतिरिक्त आम्दानी हातलाग्न सक्छ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । एकअर्काको भावना बुझेर चल्न नसक्दा प्रेम सम्बन्धमा खटपट हुनसक्छ । कामका साथिभाई र सहयोगीको दरिलो साथ पाउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइनेछ । नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । आपसी सम्बन्धमा मिठास थपिनेछ । कुनै नयाँ बिषयवस्तु वा प्राविधिक ज्ञानमा रुचि बढ्ने देखिन्छ । परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । लामो समयदेखि अड्किएर बसेका कामहरुमा सफलता मिल्नेछ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ । अचानक मनमिल्ने मान्छेसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विगतमा गरिएको कमजोरीले तनाव बढ्ने देखिन्छ । पारिवार र साथिभाइप्रतिको तपाईँको भावनाले चिन्ता बढाउनेछ । स्वभावमा देखिएको परिवर्तनले कसैसँग नोकझोक र किचलोसमेत हुनसक्छ । साथिभाइसँगको मनमुटावका कारण मन उदास बन्न सक्छ । महत्वकाँक्षामा अंकुश लागाउन नसके ठुलो झमेला फस्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामधन्दा र व्यवहारमा सफलताको अनुभूति हुनेछ । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने देखिन्छ । बाह्य बिषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय छ । नयाँ मित्रता र सम्बन्धका बारेमा मन उत्सुक रहने छ । आत्मीय मित्रको दरिलो साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ साथिभाइसँग भेटघाट र मिलनको योग छ । मानसिक उल्झन र चिडचिडेपन बढ्न सक्छ । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ । स्वास्थ्य समस्याले चिन्ता बढ्न सक्नेछ । थोरै लाभका लागि धेरै मिहेनत गर्नुपर्ने परिस्थिति देखिन्छ । इलेक्ट्रिकल, सञ्चार, र धातुको कारोबारमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कला र साहित्यका क्षेत्रमा रुचि बढ्नेछ । आन्तरिक प्रतिभाको प्रदर्शक गरी प्रशंसा बटुल्न सकिने छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा छैन्, यद्यपी बुद्धि र विवेकको प्रयोग गर्दा लक्ष्य हाँसिल गर्न सहज हुनेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझादारी कायम हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारको बाध्यात्मक काममा अलमलिने परिस्थिति बन्न सक्छ । उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम हात पर्नेछन् । मानसिक अस्थिरताले काममा ढीलासुस्ती हुनसक्छ । सानो लापरबाहीले पनि ठूलो नोक्सानी हुनसक्ने भएकाले सचेत रहनुहोला । नैराश्यता वा एकोहोरोपन बढ्नाले काममा मन नजानसक्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ । समसामयिक बिषयमा गम्भिर भएर जानकारी बटुल्नु उपयुक्त होला । व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथ अघि बढ्नु उचित होला । सहकर्मीको काममा अलमलिँदा आफ्नो नियमित काममा बाधा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आम्दानीको मार्ग बढ्ने तथा अप्रत्यासित धन लाभको योग रहेको छ । शंकास्पद कारोबार वा गलत तरिकाले धनार्जन सोच पलाउनसक्छ । आफुलाई अप्ठा्यारोमा पार्ने काममा हात नहाल्नु उपयुक्त होला । शारिरीक स्फूर्ती बढ्नुका साथै नयाँ परिकार बनाएर खाने र खवाउने बिषयमा मन केन्द्रित हुनसक्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по