९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष २५ गते बिहीबारको तपाईँको राशिफल


२५ पुस २०८१, बिहिबार  

507
Shares

काठमाडौं । आज बि.सं. २०८१ पुष २५ गते बिहीबार । ई.सं. २०२५ जनवरी ९, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१४ बजेसम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ कामको प्रारम्भ गर्नका लागि उपयुक्त समय छ । नयाँ कुरा जान्ने उत्सुकता जाग्नेछ । आफ्नो लक्ष्यप्रति उन्मुख भएमा उच्च सफलता हात पर्ने योग छ । महत्वकाँक्षी प्रयासहरुमा जोड दिन फलदायी सावित हुनसक्छ । नयाँ ठाउँ घुम्न जाने अवसर प्राप्त हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा चिन्ता बढ्नसक्ने भएकाले केही समय आफ्नोलागि छुट्याउनु उचित होला । काममा हेलचक्र्याइँ गर्दा नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । जीवनसाथिको विश्वास जित्नसके प्रेम सफल बन्नेछ । आत्मविश्वासमा कमी आउने भएकाले संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक सावित हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कारोबारमा फड्को मार्न सक्ने योग छ । रोकिएका काम बन्नुका साथै दायित्व र जिम्मेवारी समेत बढ्नेछ । परदेशमा रहेका आफन्तजन वा विछोडिएका पुराना साथिसँग पूनर्मिलन हुने योग छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम आवश्यक पर्ने देखिन्छ । विदेश जाने सोच्नुभएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतियोगिता वा प्रतिष्पर्धामा सफलता मिल्नेछ । आफुभन्दा उच्च ओहोदाको व्यक्तिबाट सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्वकाँक्षी काम सुरु गर्न सकिन्छ । कार्यसम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । परिबन्द र बाध्यतामा अलमलिनुपर्ने समय छ, तरपनि आपसी समन्वय र तालमेल कायम रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता मिल्ने देखिन्छ । आफुभन्दा माथिल्लो तहको कर्मचारिबाट प्रशंसा सुन्न पाइने छ । सार्वजनिक सम्बन्ध र नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ । धार्मिक र सामाजिक काममा खट्नुपर्ने भएकाले घरायसी कामको बोझ थपिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारमा ध्यान दिनु ठीक होला । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिन सक्छ । आजको सानो लापरबाहीले भविष्यका लागि चुनौती थपिने छ । साझेदारीमा कुनै नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ वा कसैसँग केही सम्झौता गर्ने सोचमा हुनुहुन्छ भने आज नगरेको राम्रो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आँटेको काम समयमै सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनुका साथै सम्मान समेत मिल्नेछ । जीवनसाथिसँग कुनै समारोहमा सरिक हुने अवसर मिल्नसक्छ । भाइपरे आउने काममा खर्च बढ्ने देखिन्छ । स्वार्थ पूरा गर्न जोखिम मोल्ने काम नगर्नुहोला, अन्यथा झञ्झटमा पर्न सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक वातावरण शान्तिपूर्ण देखिन्छ । जीवनसाथिको भावनाको कदर गर्नु उचित होला । विवाद, प्रतियोगिता वा प्रतिष्पर्धामा सरिक हुँदा चुनौति बढ्ने समय छ । अनावश्यक काममा समय व्यतित हुने भएकाले विशेष ध्यान दिनुहोला । घरायसी काममा समेत साथिभाइको सहयोग पाउन सकिनेछ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक सफलताको शुभ समाचार प्राप्त हुनसक्छ । केही समय घरपरिवार र सन्ततिको जिम्मेवारीमा बित्नसक्छ । कुनै नयाँ सम्झौता वा कारार गर्नलाई अनुकुल समय रहेको छ । गोपनीयता कायम राखि काम गर्नसके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
वौवाहीक र प्रेम सम्बन्धमा केही असहजता वा बाधा आइलाग्ने देखिन्छ । घरपरिवारको साथ पाउनाले मन प्रसन्न हुनेछ । साथिभाइको क्रियाकलाप र व्यवहार देखेर चिन्ता बढ्नसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधुप गर्नुपर्ने समय हो । कारोबारमा ध्यान केन्द्रीत नभएपनि आर्थिक सन्तुलन भने कायम रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो रुचि अनुसारको काम गर्न पाउँदा मन प्रसन्न हुनेछ । संगीसाथिसँग रमाउन खोज्दा आपसी ममन्वय बिग्रन सक्छ । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । सहयोगी र साझेदारहरुसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अभिव्यक्ति, कला र मनोरञ्जनात्मक बिषयमा रुचि जाग्ने समय हो । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो । भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । कुनै विशेष उपहार प्राप्त हुनसक्ने सम्भावना समेत रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो