२७ पुस २०८२, आइतबार । January 12, 2026

पुष २४ गते बुधबारको तपाईँको राशिफल कस्तो छ ?



काठमाडौं । आज बि.सं. २०८१ साल पुष २४ गते बुधबार । ई.सं. २०२५ जनवरी ०८, नेपाल सम्बत ११४५ ।

आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा लागि शुभ समय बिहान ६ः५५ मिनेट देखि ८ः१४ बजे सम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहेनतको बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने योग छ । लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्नेछ । चिन्तालाई त्यागेर नयाँ ढंगले अघि बढ्ने प्रयास गर्दा सफलता मिल्नेछ । अत्यन्त सुखभोग गर्न पाइने देखिन्छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्वपूर्ण व्यक्तित्व र विद्वान्हरूसँग भेट हुनसक्ने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हिम्मत गर्नसके सफलता हात पर्नेछ । कारोबारमा लगानी बढाउँदा राम्रो फाइदा हुने योग छ । कुनैपनि काम गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ । सानातिना खर्चको हेक्का नराख्दा आर्थिक क्षति समेत ब्यहोर्नुपर्ने हुनसक्छ । अल्छीपना र शारीरिक असहजताले सुरु गरेको काममा बाधा पुग्ने देखिन्छ । मानसिक शान्ति र विश्रामप्रति ध्यान दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछ । स्थिर प्रयोजनमा धन लगानी गर्नु उचित होला । पुराना सहकर्मीहरुसँगको भेटले मनलाई प्रफुल्लित बनाउने छ । लाभमुलक काममा दौडधुप बढ्ने भएकाले आपसी समन्वयमा कमजोरी देखिने छ । आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यवसाय वा आफ्नो पेशामा सफलता मिल्ने योग छ । छिटो धन कमाउने प्रवृतिका कारण फस्नसक्ने भएकाले सचेत रहनुहोला । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा लिन सकिनेछ । काममा कसैको साथसहयोगको अपेक्षा नगरेको राम्रो । व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि हासिल हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
थोरै प्रयासले धेरै सफलता दिनेछ । मानसम्मान र कामको जस पाउने योग छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने देखिन्छ । वैदेशिक प्रयोजनको काम गर्ने सोच्नुभएको छ भने राम्रो दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशि हुनेहरुका लागि आजको दिन जोखिम र संकटले भरिपूर्ण देखिन्छ । नैराश्यता र दिकदारी बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ थपिने योग छ । लक्ष्यप्रति ध्यानकेन्द्रीत नहुने समय छ । दुर्घटनाको जोखिम देखिएकाले सावधानी अपनाउनु उचित होला । मनमा चिन्ता बढ्नसक्ने भएकाले धार्मीक स्थलहरुको यात्रा गर्दा शान्ती मिल्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक बाध्यताले काममा बाधा गर्नेछ । कतै यात्रामा जानुपर्ने परिस्थिति बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर मिल्नसक्छ । जीवनसाथिको इच्छा र रुचिलाई ध्यान नदिँदा तिक्तता बढ्न सक्ने देखिन्छ । आन्तरिक प्रतिभालाई बाहिर निकाल्न सके प्रतिष्ठा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साथिभाई र घरपरिवारका सदस्यहरुले कुरा नबुझ्दा दिक्क लाग्नसक्छ । रिस र आवेगमा नियन्त्रण गर्नुनै उचित होला । जीवनसाथिसँग दुरी बढ्न सक्ने देखिन्छ । स्वास्थ्य समस्याका कारण पनि प्रेमिल जीवन प्रभावित बन्नसक्छ । शत्रु र प्रतिष्पर्धीबाट सचेत रहनुहोला । व्यवसायिक परिस्थितिमा भने सुधार आउने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कल्पना र भावनामा मन रुमलिन सक्छ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिनेछ । दैनिक कामबाट फाइदा मिल्नेछ । थोरै भएपनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । प्रेम सम्बन्ध सफल बन्नेछ । पूराना साथिभाईसँग भेटघाटको अवसर जुर्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना वा बेकामे कुरामा मन अल्झिन सक्छ । सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ । निणर्यात्मक काममा ध्यान केन्द्रित नहोला । मान्यजनको आर्शिवाद लिएर गरेका कामहरुले सफलता दिलाउनेछ । पति÷पत्नि वा छोराछोरीको चाहनाको कदर गरि अघि बढ्दा उपयुक्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक दायित्व र जिम्मेवारी बढ्नेछ । मिहेनतले राम्रो परिणाम प्राप्त हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै आध्यात्मिक मनोभावको विकास हुनेछ । मन्दिर वा धार्मिक स्थलहरुको भ्रमणबाट मनमा शान्तिको अनूभूति हुनेछ । कुनै नयाँ काम गर्दैहुनुहुन्छ भने साथिभाई र अभिभावकको महत्वपूर्ण सहयोग मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने देखिन्छ । आर्थिक पक्ष कमजोर भएमा जीवनसाथिको सहायता लिन सकिने छ । परिवारसँग बिताएको समयले शान्तिको अनुभूति गराउने छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सकिनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले