८ कार्तिक २०८३, आइतबार । October 26, 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


२३ पुस २०८१, मंगलबार  

66
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से ६ दशमलव १६ अंकले बढेर २ हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो ६ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि