२७ पुस २०८२, आइतबार । January 12, 2026

एकाबिहानै शक्तिशाली भूकम्प, त्रासमा खुम्बु क्षेत्रका बासिन्दा



सोलुखुम्बु । मंगलबार बिहान चीनको डिंगे काउन्टी केन्द्रबिन्दु भएर गएको ७ दशमलव १ म्याग्निच्युडको भूमम्पले नेपालका धेरै जिल्लाहरुमा प्रभाव पारेको छ ।

भूकम्पको प्रभाव सबैभन्दा बढी नेपालको खुम्बु क्षेत्रमा परेको छ । बिहान ६ बजेर ५० मिनेटमा झन्डै ३० सेकेन्डभन्दा बढी लगातार भूकम्पले हल्लाउँदा तिब्बत नजिक रहेको खुम्बु क्षेत्रका सर्वासाधारणहरु हतारिएर घरबाहिर निस्किएका थिए । जिल्ला प्रशासन सोलुखुम्बुले दिएको जानकारी अनुसार यतिबेला पनि भूकम्पको डरले सर्वसाधारणहरु घरबाहिर नै बसिरहेका छन् ।

बिहानै भूकम्प गएपछि पुषको कठ्याङग्रिदो चिसोमा सर्वसाधारण घरबाहिरै बस्न बाध्य भएको प्रशासनले जनाएको छ । भूकम्पले माथिल्लो क्षेत्रमा के, कति क्षति गर्यो भन्नेबारे भने यकिन विवरण आइसकेको छैन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विवरण संकलन गर्ने प्रयास भइरहेको छ । साथै सम्भावित क्षति हुनसक्ने ठाउँहरुमा सतर्कता बढाएको समते जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु चीनमा भएपनि यसको प्रभाव नेपालको खुम्बु क्षेत्रसहित काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा परेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले