९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष २३ गते मंगलबार तपाईँको दिन कस्तो छ ?


२३ पुस २०८१, मंगलबार  

246
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २३ गते मंगलबार ।

ई.सं. २०२५ जनवरी ७ नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा शुभ समय बिहान ८ बजेर १४ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक कारोबार गर्दा झट्ट अर्काको विश्वास नगर्नुहोला । अन्यथा आकस्मिक रुपमा नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । मालसामान हराउन सक्न राखनधरनमा ध्यान पुर्याउन होला । अझ, घरमा नयाँ र नौली व्यक्तिको उपस्थिति छ भने सतर्कता अपनाउनुहोला । पठनपाठनमा बाधा वा अवरोध हुनसक्ने देखिन्छ । सोचको काम नबन्दा दिकदारी र चिडचिडेपनि हाबी हनुसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै नयाँ योजना बनाउनुभएको छ भने कार्यान्वयन गर्दा सफलता मिल्नेछ । दीर्घकालिन व्यापार व्यवसाय गर्दा प्रशासनिक तौरतरिका बुझ्नु उपयुक्त होला । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउनेछ । आपसी समन्वय र आन्तरिक सुख बढ्ने योग छ । जीवनसाथिसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काम विशेषले कतै टाढा जानुपर्ने परिस्थिति आउन सक्छ । मन मिल्ने साथीको स्वास्थ्य समस्याले चिन्ता बढाउन सक्छ । थप मिहेनत गर्ने हौसला प्राप्त हुनेछ । कुनै नयाँ कामको थानली गर्ने हो भने सहकर्मीको सल्लाह लिएमा सफल भइनेछ । पारिवारिक जीवन सुखमय देखिन्छ । कमकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा राम्रो सफलता हात पार्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक रुपमा सबल र परिपक्व बन्ने देखिन्छ । भाग्य बलियो साथ दिने समय छ । आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । आफ्नो क्षमता प्रदर्शन गरि अरुमाथि छाप छोड्ने समय हो । पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरुबाट सहयोग जुटाउन सकिने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथिको चासो र चिन्तामा मात्रै केन्द्रित नहुनुहोला । केही समय आफ्नो मनको खुसी र सुस्वाथ्यका निम्ति छुट्याउनु उपयुक्त होला । भाग्य बलियो देखिन्छ, तथापी भाग्यमा भन्दा आफ्नै बुद्धि र श्रममा भरपर्दा नचिताएको सफलता मिल्न सक्छ । अचानक धनलाभको योग रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्दा सफलता मिल्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुविधा वा दोधारको अवस्थामा निणर्य नलिनु बेस हुनेछ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयात निर्यातको काममा हात हाल्दा विशेष ध्यान दिनुहोला । परिवारिक सुख मिल्नेछ । बैवाहिक सम्बन्धका सुमधुर पलहरुको स्मृतिले मन भावुक बन्नसक्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लोकप्रियता बढ्नेछ । साझेदारी व्यवसायबाट लाभ उठान सकिनेछ । अधिकार प्राप्ति तथा भविष्यको चिन्ताले मन बिचलिन बनाउन सक्छ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ । समस्या देखिएमा कलह वा विवादलाई होइन बुद्धिकौशलको उपयोग गरी मिलनसार बन्नु नै उचित होला । बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति श्रृजना हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छापाखाना, कन्सल्टेन्सी, कपडा र गरगहना जस्ता कारोबारबाट लाभ लिन सकिनेछ । पारिवारिक सुख पाउनुका साथै मान्यजनको आर्शिवाद मिल्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनुका साथै दाम्पत्य जीवन पनि सुखमय देखिन्छ । विज्ञान प्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरुका लागि आजको दिन फलदायी सावित हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नु आवश्यक छ । कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्न नसक्दा मन आतिन सक्छ । नकारात्मक बिचारहरु हाबि हुने हँदा सक्भर आफुलाई कुनै न कुनै तवरबाट व्यवस्त राख्ने प्रयास गर्नुहोला । वैदेशिक प्रयोजनको कामका हात हाल्दा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा सफलता मिल्नेछ । बढुवा हुनुका साथै थप जिम्मेवारी पनि प्राप्त हुने योग छ । सामाजिक क्रियाकलापमा सरिक हुने अवसर मिल्न सक्छ । समय व्यवस्थापन गर्न नसक्दा प्रेम सम्बन्धमा मतभेद हुनसक्छ । आम्दानीको अवसरमा बृद्धि हुनुका साथै पारिवारिक सौहार्दता रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बोलेकै भरमा महत्वपूर्ण काम बन्नसक्ने देखिन्छ । उच्च ओहोदाको कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । नजिकको साथिबाट केही विशेष उपहार प्राप्त हुनसक्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । कुम्भ राशि हुनेहरुका लागि आजको दिन नयाँ कारोबार वा व्यवसाय फाप्दैन । कुनै करार वा सम्झौता गर्दा राम्ररी पढ्नुहोला । अन्यथा झमेलामा फस्न सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामको चापबाट केही फुर्सद पाइने छ । जीवनसाथिसँग कुनै सानोतिनो यात्रामा निस्कने योग छ । प्रयास गर्दा सफलता मिल्नेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । व्यक्तित्व र कार्यशैलीको सबैले प्रशंसा गर्नेछन् । खुट्टा तान्ने र कुरा काट्नेहरु आफै पाखा लाग्नेछन् ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो