४ असार २०८३, बिहिबार । June 18, 2026

बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता प्रदान गर्दै


२२ पुस २०८१, सोमबार  

15
Shares

ललितपुर । बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  कार्यशाला सुरु भएको छ ।

बागमती प्रदेश सरकारको माताहातको सञ्चार रजिस्ट्रार कार्यालयद्वारा आज (सोमबार) देखि सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशाला सञ्चालन गरिएको प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए । ‘सामुदायिक बिद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालिएको छ, आजदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा कार्यशाला सुरु भएको छ, सुरुमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएका छौं, यो कार्याशाला पाँच दिनसम्म हुनेछ’ उनले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको  रजिस्ट्रार सापकोटाले जानकारी गराए । बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षक सहभागी छन् ।

सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्यार्थीलाई चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत शिक्षा सिक्नेछन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइने सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।

कार्यशालामा फरक फरक पृष्ठभूमि, रुची र क्षमता भएका बिद्यार्थी सहभागी छन् । बिद्यालयमा जाडो बिदाको वेला पारेर बिद्यार्थी र शिक्षकलााई अतिरिक्त सीप र ज्ञान सिकाउन लागिएको हो । सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी शुक्रबार अपरान्ह बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन हुनेछ ।

कार्यशालामा काठमाडौंका रत्नराज्य माध्यमिक विद्यालय, भीमसेनगोला माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका साथै भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु र ५ जना शिक्षकहरु सहभागी रहेको रजिस्ट्रार सापकोटाले जानकारी गराए ।

कार्यशाला विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उनको भनाई छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा