८ बैशाख २०८३, मंगलबार । April 22, 2026

सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता


२१ पुस २०८१, आइतबार  

36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रविसहित ३९ जनालाई प्रतिवाद बनाएर मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।​

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित, गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

स्वर्णलक्ष्मीमा पाँच हजार ६ सय ६९ जना बचतकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रूपैयाँ जम्मा गरेको पाइएको छ । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मीको शाखाहरू न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा समेत सञ्चालनमा थिए ।

स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख लगेर अपचलन गरेको पाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित