२६ पुस २०८२, शनिबार । January 11, 2026

सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा रविसहित ३९ जनालाई प्रतिवाद बनाएर मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।​

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित, गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

स्वर्णलक्ष्मीमा पाँच हजार ६ सय ६९ जना बचतकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रूपैयाँ जम्मा गरेको पाइएको छ । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मीको शाखाहरू न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा समेत सञ्चालनमा थिए ।

स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख लगेर अपचलन गरेको पाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले