९ चैत्र २०८२, सोमबार । March 23, 2026

पुष १९ गते शुक्रबारको तपाईँको राशिफल कस्तो छ ?


१९ पुस २०८१, शुक्रबार  

1.3k
Shares

काठमाडौं । आज मिति २०८१ साल पुष १९ गते, तदनुसार जनावरी ३ तारिख शुक्रबार, नेपाल सम्बत ११४५ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा हुनेछ भने, सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशि हुनेहरुको आज मनोरञ्जनमा भन्दा काममै व्यस्तता रहने देखिन्छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । कुनै राम्रो समाचार पाउन सकिनेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्धीसँग अन्तक्रिया गरी अनुभव बटुल्नु उचित रहन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बृष राशि हुनेहरुको आज धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्नेछ । सबैको प्रशंसा बटुल्न पाउँदा मन आनन्दित रहला । लक्ष्य पहिल्याउन सहज भएतापनि सफलताका लागि भने धेरै मिहिनेत गर्नुपर्ने छ । समस्या होईन समाधान खोज्नमा ध्यान केन्द्रित गर्दा नचिताएको उपलब्धि हासिल हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्वपूर्ण कार्य छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला । ससाना कुरामा मन आत्तिने, समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा काममा इच्छा नहुन सक्छ । कुनै समस्या छ भने आफू भन्दा ठूलालाई बताएमा निकास पाउन सकिएला । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, आनन्द र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । तपाईंमाथि गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ । अतः लक्ष्यप्रति सचेत भई कडा मिहिनेत गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिष्ठा प्राप्तीका लागि प्रतिस्पर्दा गर्नुपर्नेछ । कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने देखिन्छ त्यसैले बोल्दा ध्यान पुर्याउनु पर्ला । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने छ, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ । बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत भएको खण्डमा भने निराशा र खिन्नता बढ्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बुद्धिकौशलको प्रयोगले सफलता कमाउन सकिनेछ । सँगीसाथीसँग रमाउने मौका मिल्नेछ । आज व्यक्तिगत खुसीका लागि प्रेमी प्रेमीकासँग कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ । स्वास्थ्यमा सामान्य प्रभाव पर्ने हुनाले चिकित्सकको परामर्श लिनु उचित रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु लाभदायक ठहरिने छ । पारिवारिक समस्याले खिन्न बनाउ सक्छ, तर आज गरेको मिहिनेतले राम्रो प्रतिफल दिने देखिन्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्नुपर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको चाप बढ्ने छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय छ । घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ । अर्काको जिम्मामा काम छाडेर अन्त भुलिँदा काम बिग्रन सक्नेहुँदा विषेश ध्यान पुर्याउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक गतिविधिमा खटिनेछ । धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्ने देखिन्छ । आम्दानीको पाटो सहज नै देखिन्छ तर रकम खर्चको योग पनि रहेको छ । मन फुरुङ्ग र हलुका हुनेछ तर आज कुनै कुनै समय अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस भने हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो नतिजा प्राप्त हुनेछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी छुट्टै पहिचान स्थापना गर्न सकिने छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
महत्वहिन काममा समय नखर्चनु उचित होला । मन स्थिर छैन भने आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ । आर्थिक कारोबारमा सतर्कता अपनाउनु उचित होला । सामान्य मानेका कुरालेपनि तनाव बढाउन सक्ने हुँदा बहसमा नअलमलिनु ठिक रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोप्य शत्रुहरूबाट सजग रहनु होला । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । सरकारी ठेक्कापट्टा, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, गरगहनाको कारोबारमा लाभ पाउन सकिन्छ । कर्तव्यपाल देखेर तपाईंको प्रशंसा हुनेछ । आज बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने सम्भावना छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो