१ आश्विन २०८३, बिहिबार । September 18, 2026

महागढीमाई नगरपालिका प्रमुख यादवको लोकप्रियता र कार्यशैलीको चर्चा



बारा । नेपालको मधेस प्रदेश बारा जिल्ला स्थित महागढीमाई नगरपालिका, जसको मुख्यालय विश्व प्रसिद्ध श्री गढीमाई बरियारपुरमा रहेको छ ।

हालका दिनहरूमा नगरप्रमुख उपेन्द्र यादवको सक्रिय नेतृत्व र कार्यशैलीका कारण चर्चा र लोकप्रियता प्राप्त गर्दैछ। उपेन्द्र यादव एक सक्षम र समर्पित नेता भएका कारण स्थानीय विकासका विभिन्न क्षेत्रमा उनले उल्लेखनीय प्रगति हासिल गरेका छन्। उनका कार्यहरूलाई सर्वसाधारण, राजनीतिक नेतृत्व र समाजका विभिन्न वर्गले सराहेका छन्।

नगर प्रमुख उपेन्द्र यादवको लोकप्रियता उनीकै सरल, खुला र जनमुखी कार्यशैलीका कारण उनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ। महागढीमाई नगरपालिका करिब पचास हजार भन्दा बढी जनसंख्यालाई समेट्ने ठूलो नगरपालिका हो, जसमा सम्पूर्ण जातिको नेतृत्वमा विशेष ध्यान केन्द्रित गरिएको छ। उनले आफूलाई सर्वसाधारणका बीचमा सधैं उपलब्ध राख्दै स्थानीय विकासका लागि कठोर परिश्रम गरिरहेका छन ।

नगरप्रमुख यादवले शिक्षा, स्वास्थ्य, सडक निर्माण, जलस्रोत व्यवस्थापन, र रोजगारी सृजनामा महत्वपूर्ण पहल गरेका छन्। शिक्षा क्षेत्रमा उनले विद्यालयहरूको अवस्थासुधार र छात्रवृत्ति योजनाहरू लागू गरेका छन्, जसले गर्दा नगरका विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सजिलो भएको छ। यसका साथै, महागढीमाई नगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा सुधार गर्दै निशुल्क एम्बुलेन्स सेवा संचालन गरी स्वास्थ्य सेवाहरूको पहुँच जनतासम्म पुर्याएका स्थानीयले बताएका छन । सडक निर्माण र यातायातको क्षेत्रमा पनि उनले महत्त्वपूर्ण काम गरेका छन्।

महागढीमाई नगरपालिकाको ग्रामीण भेगमा अवस्थित गाउँहरूलाई शहरसँग जोड्ने सडकहरूको निर्माण र मर्मत कार्यलाई प्राथमिकता दिएका छन् । यी सुधारहरूको परिणाम स्वरूप ग्रामीण जनताले यातायात सेवामा सुधार पाएका छन्, जसले उनीहरूको जीवनस्तर र आर्थिक स्रोतमा सुधार ल्याएको छ। नगरप्रमुख यादवका योजना र कार्यहरू जनताको दैनिक जीवनसँग निकट रहेको कारण उनलाई जनताबाट ठूलो समर्थन प्राप्त भएको छ।

जनप्रतिनिधिका रूपमा उनले पारदर्शिता र जवाफदेहीतालाई महत्त्व दिँदै, सरकारी कामकाजमा भ्रष्टाचार र अपव्ययको विरोध गरेका छन्। उनका यी प्रयासहरूले स्थानीय प्रशासनमा विश्वास बढाएको छ र नगरवासीहरूले उनलाई आफ्नो भरोसाको नेता मानेर दोस्रो पटक पनि नगरप्रमुख निर्वाचित गरेका छन । उनका योजनाहरूको परिणामस्वरूप महागढीमाई नगरपालिका आज द्रुत गतिमा विकासतर्फ अघि बढिरहेको छ।

उपेन्द्र यादवको नेतृत्वमा महागढीमाई नगरपालिका एक आदर्श नगरपालिका बन्ने दिशामा अगाडि बढिरहेको छ। उनले नगरपालिकाका विभिन्न परियोजनामा स्थानीय जनताको सहभागिता बढाउने काम गरेका छन्, जसले गर्दा नागरिकहरू आफैं पनि विकासका योजनामा सशक्त रूपमा संलग्न भएका छन्। यसैगरी, उपेन्द्र यादवले सानो स्तरमा रहेर पनि आफूलाई नगरका हरेक नागरिकको सेवकका रूपमा प्रस्तुत गरेका छन्।

उनको निष्ठा, प्रतिबद्धता र जनताप्रतिको प्रेमले गर्दा महागढीमाई नगरपालिका अहिले एक उज्जवल भविष्यको बाटोमा अघि बढिरहेको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ