२४ पुस २०८२, बिहिबार । January 9, 2026

दिपेन्द्रले पाए एनपीएलमा जितेको कार, बने ओमोडा एण्ड जेको गाडीको ब्रान्ड एम्बेस्डर



काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी ओमोडा एन्ड जेइको गाडीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

एसपिजि अटोमोबाइल्सले सोमबार एक कार्यक्रम गर्दै ऐरीलाई ब्रान्ड एमबासड नियुक्त गरेको हो । नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापत कार पनि हस्तान्तरण गरिएको थियो ।

शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बासडर नियुक्त भएका हुन् । एमबासडर नियुक्त भएपछि दिपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद पनि दिएका थिए ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा रहेको थियो। एनपीएल सुरू हुनुभन्दा अगाडि ओमोडाले नेपाली उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

#दिपेन्द्र सिंह ऐरी

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले