५ कार्तिक २०८३, बिहिबार । October 23, 2026

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित, फाइनलको सम्भावना बलियो



काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा शानदार जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १ सय ५५ रनमा अलआउट भयो । भारतका लागि यशश्वी जैसवालले सर्वाधिक ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन् । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोलान्डले ३/३ विकेट लिए भने नेथन लायनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले १/१ विकेट हात पारे । अन्तिम दिनको पहिलो सेसनबाटै लक्ष्य पछ्याउन थालेको भारतले सबै विकेट गुमाएको हो ।

त्यसअघि पहिलो सेसनमा अस्ट्रेलियाले ४ सय ७४ रन बनाएर अलआउट भएको थियो भने जवाफमा भारतले नितिश कुमार रेड्डीको शतक मद्दतमा ३ सय ६९ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले १ सय ५ रनको अग्रताबाट खेल्न सुरू गरी थप २ सय ३४ रन जोडेर कुल ३ सय ३९ रनको अग्रतासहित भारतलाई ३ सय ४० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो । अब अन्तिम टेस्ट जनवरी ३ देखि हुनेछ । टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका छनोट भइसकेको छ । अब भारतको सम्भावना कम भएको छ ।

भारतले अब एक खेल मात्र खेल्न बाँकी छ भने अस्ट्रेलियाले भारतसँग एक खेल र श्रीलंकासँग दुई खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि