५ असार २०८३, शुक्रबार । June 19, 2026

भोजपुरमा स्कर्पियो दुर्घटना, १० जना घाइते २ को अवस्था गम्भिर


११ पुस २०८१, बिहिबार  

390
Shares

भोजपुर । बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटनामा परेको हो । उक्त स्कर्पिओमा चालक सहित १० जना सवार रहेका थिए ।

अनियन्त्रित भइ दुर्घटना भएको उक्त गाडी सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि सबै १० जना घाइते भएका छन् जसमा २ जनाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका ६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन्।

यस्तै, भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा र धरान–८ का चालक सुदीप लिम्बू घाइते भएका छन्।

घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा