२३ पुस २०८२, बुधबार । January 8, 2026

भोजपुरमा स्कर्पियो दुर्घटना, १० जना घाइते २ को अवस्था गम्भिर



भोजपुर । बिहीबार बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटनामा परेको हो । उक्त स्कर्पिओमा चालक सहित १० जना सवार रहेका थिए ।

अनियन्त्रित भइ दुर्घटना भएको उक्त गाडी सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि सबै १० जना घाइते भएका छन् जसमा २ जनाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका ६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन्।

यस्तै, भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा र धरान–८ का चालक सुदीप लिम्बू घाइते भएका छन्।

घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले