१ आश्विन २०८३, बिहिबार । September 18, 2026

कुशल मल्लले डेजर्ट भाइपर्सबाट यूएईको इन्टरनेशनल टी–२० लिग खेल्ने


९ पुस २०८१, मंगलबार  

1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् ।

मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो । मल्ल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौँ ब्याटरमा पर्छन् । उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन् ।

एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए । उनले ३४ बलमा शतक हानेका थिए । त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन् । उनले ओडीआई र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा गरी ४३ विकेटसमेत लिएका छन् । डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी–२० को उपविजेता टिम हो ।

२०२५ को संस्करणको पहिलो खेलमा भाइपर्सले आबुधाबी नाइटराइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । डेजर्ट भाइपर्समा एलेक्स हेल्स, कोलिन मुनरो, रोहन मुस्तफा, वानिन्दु हसरङ्गा, सेरफाने रदरफोर्ड। सेल्डन कोटरेल, टम कुरान, साम बिलिङ्स ल्युक वुड, दिनेश चण्डिमाल, रुबेन ट्रम्पलम्यानलगायतका विश्वचर्चित क्रिकेटर सहभागी छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ