२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला यू-१९ एसिया कपः फाइनल पुग्ने लक्ष्यसहित बंगलादेशसँग भिड्‌दै नेपाल



काठमाडौं । मलेसियामा जारी महिला यू १९ एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीच आज बिहान ११ः४५ बजे खेल हुँदैछ । फाइनल प्रवेशका लागि नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्‌नु परेको थियो ।

यस्तै बिहीबार भएको सुपर–४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् ।

भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको