२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः विराटनगरको प्लेअफ सम्भावना कायमै, चितवन ५१ रनले पराजित


२८ मंसिर २०८१, शुक्रबार  

327
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराएको छ ।

जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ३० रन बनायो । चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे ।

सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए ।

क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ