२७ मंसिर २०८१, बिहिबार । December 12, 2024

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु



जाजरकोटः जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार राति ११ बजेको समयमा जाजरकोटको नलगाड नगरपालिका–३ बिरखोला कैना–कड्के सडक खण्डमा ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा ७ जना सवार रहेका थिए जसमा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा (चालक), अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको छ । दुर्घटनामा परि थप २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिप एक्कासि ब्रेक फेल भई सडक बाट झन्डै सात सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य स्थिर, चाँदी कति छ ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ

एनपीएल विशेषः विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आज) जारी

एनपीएल विशेषः पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोटः जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको

आजको विनिमयदरः अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (आज) अमेरिकी डलरको