३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेष

जितविहीन लुम्बिनी पहिलो जितको खोजिमा, ‘प्ले अफ’ निश्चित गर्ने दाउमा चितवन


२५ मंसिर २०८१, मंगलबार  

75
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार (आज) को पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। हालसम्म चार खेल खेल्दा तीनमा जित र एउटामा हार बेहोरेको चितवनको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो।

तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो। यता, चारवटै हेलमा हार बेहोर्दै लुम्बिनी लायन्स अंक तालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।

हालसम्म खेलेका ४ वटै खेलमा हार व्यहोरेको लुम्बिनी आजको खेल जित्नैपर्ने दबाबमा छ । यद्यपी आजको खेल जित्दा पनि लुम्बिनीलाइ प्ले आफ खेल्न भने कठिन बनिसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ