१ आश्विन २०८३, बिहिबार । September 18, 2026

पूर्व एभीन्युज खरबकर्मीले गरे केन्द्रीय कार्यालय घेराउ, यथाशीघ्र पारिश्रमिक उपलब्ध गराउन माग


२३ मंसिर २०८१, आइतबार  

72
Shares

काठमाडौं । पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लाम१ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीसहित कार्यलय पुगेका कर्मचारीले हाम्रो वर्षौंदेखिको पारिश्रमिक खै भन्दै नारा लगाएर विरोध गरेको छन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैशीले श्रमजीवी पत्रकारले कुनैपनि हालतमा पारिश्रमिक पाउनुपर्ने जिकिर गरे। साथै उनले पारिश्रमिक नपाएसम्म आफू श्रमजीवीको पक्षमा लडिरहने बताए । पूर्व कर्माचारीहरूले आफूहरूले एभिन्युज खबर छोडेको २ वर्ष पुग्दा पनि पारिश्रमिक नपाएको गुनासो गरे ।

टेलिभिजनले पटकपटक पैसा दिन्छु भनेर भाका दिने तर तोकेको मितिमा फोन नउठाउने, सम्पर्कविहीन हुने, दिन्छु/दिन्छु भन्दै टार्दै आएको भन्दै पीडितहरु आक्रोशित भएका छन्। आइतबार केन्द्रीय कार्यलय धर्ना गर्न पुगेका कर्मचारीहरूले कुनैपनि हालतमा आफ्नो पारिश्रमिक लिएरै छोड्ने बताए ।

उनीहरूले भने, “कुनैपनि हालतमा हाम्रो पारिश्रमिक छाड्ने छैनौँ, उपत्यका बाहिरका रहेका साथीहरू पनि आउदै हुनुहुन्छ ।” पिडित पत्रकारहरूले आफूहरूको माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ