३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवन ३३ रनले विजयी


२३ मंसिर २०८१, आइतबार  

492
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि चितवन राइनोजले ३३ रनको महत्वपूर्ण जित हात पारेको छ ।

टस जितेर पहिला ब्याटिङको निर्णय लिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १ सय ३१ रन बनाउँदै अलआउट भयो । चार खेलमा सुदुर पश्चिमको यो पहिलो हार हो ।

यसअघि लगातार तीन खेल जितेको सुदूरपश्चिममाथि जित निकाल्दै चितवनले चार खेलमा तेस्रो जित हात पारेको छ । चितवनको जितमा कुशल मल्ल, लोफ्टी इटन, अमर रौटेलाले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ