३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः पहिलो जित निकाल्ने लक्ष्यसहित जनकपुरसँग भिड्दै लुम्बिनी


२३ मंसिर २०८१, आइतबार  

111
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज (आइतबार) हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ।

लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो। लगातार तेस्रो खेल गुमाइसकेको लुम्बिनी जसरी पनि आजको खेलमा आफ्नो जित निकाल्नैपर्ने दबाबमा छ । ब्याटिङ पक्षमा बलियो देखिएको लुम्बिनी आफ्नो बलिङ र फिल्डिङ पक्ष कमजोर हुँदा हालसम्म खेलेका तिन वटै खेल गुमाउन पुगेको हो ।

त्यसैले आफ्नो चौथो खेलमा जित निकाल्न वा सुपर चार को यात्रा कायमै राख्न लुम्बिनीले बाँकी सबै खेलहरु जित्नुपर्ने हुँन्छ त्यो पनि फराकिलो रनरेटका आधारमा । यता, लगातार तिन खेल जितेको जनकपुर भने अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सुपर चारको सहज यात्रामा रहेको जनकपुर आजको खेलमा जित निकाल्दै आफ्नो अजिवित यात्रा कायमै राख्न चाहान्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ