७ कार्तिक २०८३, शनिबार । October 25, 2026

एनपीएल विशेषः लुम्बिनी लगातार तेस्रो पटक पराजित, सुदूरपश्चिमको ह्याट्रिक जित


२२ मंसिर २०८१, शनिबार  

612
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो पटक पराजय व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । सुदूरपश्चिमले दिएको १ ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमार १ सय ४२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लगि विवेक यादवले सर्वाधिक ७७ रनको पारी खेले ।

यसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यादवको अर्धशतकीय पारी लुम्बिनीका लगि जित दिलाउन पर्याप्त भएन । यस्तै सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा आउट भएका थिए ।

यस्तै अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेका कप्तान रोहितकुमार पौडेल ५ रनका आउट भए । टम मुर्स ७ रनमा आउट भए । साद बिन जफर शून्यमा आउट भए । रामोन सिमन्ड्स पनि शून्यमा आउट भए । लुम्बिनी लायन्सका लागि ब्राण्डन म्याकमुलनले ३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि यो लगातार तेस्रो जित हो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि