१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः लुम्बिनी लगातार तेस्रो पटक पराजित, सुदूरपश्चिमको ह्याट्रिक जित


२२ मंसिर २०८१, शनिबार  

612
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो पटक पराजय व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको हो । सुदूरपश्चिमले दिएको १ ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमार १ सय ४२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लगि विवेक यादवले सर्वाधिक ७७ रनको पारी खेले ।

यसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यादवको अर्धशतकीय पारी लुम्बिनीका लगि जित दिलाउन पर्याप्त भएन । यस्तै सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा आउट भएका थिए ।

यस्तै अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेका कप्तान रोहितकुमार पौडेल ५ रनका आउट भए । टम मुर्स ७ रनमा आउट भए । साद बिन जफर शून्यमा आउट भए । रामोन सिमन्ड्स पनि शून्यमा आउट भए । लुम्बिनी लायन्सका लागि ब्राण्डन म्याकमुलनले ३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि यो लगातार तेस्रो जित हो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ