२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः चितवनले कर्णालीलाई दियो १ सय ३१ रनको लक्ष्य


२१ मंसिर २०८१, शुक्रबार  

222
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, बिपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । दुई खेलमा पराजय व्यहोरेको कर्णाली आफ्नो पहिलो जितको खोजिमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ