३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः कप्तान अनिलको शानदार प्रदर्शनमा जनकपुरको लगातार दोस्रो जित


१७ मंसिर २०८१, सोमबार  

522
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको सोमबार भएको तेस्रो खेलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल गरेको छ।

उद्घाटन खेलमा विराटनगरलाई हराएको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १ यस ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। जनकपुरलाई सहज जित दिलाउने क्रममा ओपनरहरुले सानदार ओपनिङ गर्दै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

आसिफ शेखसँग ८४ रनको साझेदारी गरेका अनिल साहले अर्धशतकीय इनिङ्स खेल्दै दोस्रो विकेटका लागि लाहिरु मिलन्थासँग ३३ रनको साझेदारी गरे। मिलन्था १३ बलमा २४ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा आएका जिमी निसम र ओपनर अनिलले बाँकी खेल सकाएका थिए।

निसमले १६ रन बनाउँदा कप्तान अनिलले ४१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६२ रनको अविजि इनिङ्स खेले। कर्णालीका लागि जेसन मक्सुद र मौसम ढकालले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ