१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल विशेषः कर्णालीले जनकपुरलाई दियो १ सय ४२ रनको मध्यम लक्ष्य


१७ मंसिर २०८१, सोमबार  

315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको हो । ओपनिङ राम्रो नभएपनि मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स सम्हालेपछि कर्णाली सम्मानजनक योगफल तयार पार्न सफल भएको हो ।

दोस्रो ओभरमा नै ओपनर देव खनाललाई एक रनमा गुमाएको कर्णालीका चर्चित ब्याट्सम्यान शिखर धवन पनि १४ रनमा आउट भए । मात्र १४ बलको सामना गरेका उनी हर्स ठाकरको बलमा बोल्ड भए । खनाललाई भने ललित राजवंशीले आउट गरे । अर्का विदेशी खेलाडी चाड्वीक वाल्टन ८ र जिशान मक्सुद शुन्य रनमा पवेलियन फर्के ।

बाबर हायात पनि १२ रनमा क्याच आउट भए । बाबरले गुल्शन झासँग मिलेर पाँचौ विकेटका लागि ३३ रनको साझेदारी गर्दै आशा जनाएका थिए । गुल्शन ३६ रनमा किशोर महतोको बलमा बोल्ड भए । अर्जुन घर्ती ३३ रनमा आउट भए । अर्जुनले १९औं ओभरमा हर्स ठाकरविरुद्ध २२ रन जोडे ।

२२ बलको सामना गरेका उनले २ छक्का र २ चौका प्रहार गरे । क्याप्टेन सोमपाल कामी २९ रनमा नटआउट रहे ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ