२१ मंसिर २०८२, शनिबार । December 6, 2025

राति १२ बजेसम्मको उपनिर्वाचन अपडेट

१३ वटा वडाको अन्तिम परिणाम सार्वजनिक, कुन वडामा कसले मार्यो बाजी ?



काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत जारी मतगणनाअनुसार राति १२ बजेसम्मको अपडेट अनुसार हालसम्म १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार हालसम्म नेपाली कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, नेपाल मजदुर किसान पार्टीले १, स्वतन्त्र १ वडामा विजयी हासिल गरेका छन् । जसअनुसार कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

यस्तै, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ, गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही विजयी भएका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर विजयी भएका छन् ।

झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् । उपनिर्वाचन भएकामध्ये अन्य पालिका र वडाहरुको मतपरिणाम आउने क्रम जारी छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको