१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एनपीएलः लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेञ्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड जोडिएको छ ।

रिलायन्स लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागित हुने बताइएको छ । सम्झौतापत्रमा रिलायन्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । यस साझेदारीले फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने प्रतिबद्धता उजागर गरेको संस्थाको भनाइ छ ।

लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । क्लबले अनुभवी र प्रतिभाशाली अन्तरराष्ट्रिय र राष्ट्रिय खेलाडीको समूहलाई समेटेको छ । टिममा अन्तरराष्ट्रिय खेलाडी बेन कटिङ, उन्मुक्त चन्द, इंग्ल्याण्डका टम मुरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स छन् ।

त्यस्तै राष्ट्रिय खेलाडीमा विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together