११ श्रावण २०८३, सोमबार । July 27, 2026

एनपीएलः लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड


१६ मंसिर २०८१, आइतबार  

192
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेञ्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा रिलायन्स फाइनान्स लिमिटेड जोडिएको छ ।

रिलायन्स लुम्बिनी लायन्सको आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागित हुने बताइएको छ । सम्झौतापत्रमा रिलायन्सका सीईओ समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । यस साझेदारीले फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने प्रतिबद्धता उजागर गरेको संस्थाको भनाइ छ ।

लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । क्लबले अनुभवी र प्रतिभाशाली अन्तरराष्ट्रिय र राष्ट्रिय खेलाडीको समूहलाई समेटेको छ । टिममा अन्तरराष्ट्रिय खेलाडी बेन कटिङ, उन्मुक्त चन्द, इंग्ल्याण्डका टम मुरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स छन् ।

त्यस्तै राष्ट्रिय खेलाडीमा विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर