१० बैशाख २०८३, बिहिबार । April 23, 2026

दृश्टिविहिन टी-२० विश्वकप: पहिलो पटक नेपाली टोली सेमिफाइनलमा प्रवेश


१५ मंसिर २०८१, शनिबार  

3k
Shares

काठमाडौं । पाकिस्तानमा जारी चौथो संस्करणको दृश्टिविहिन टी-२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

६ टोलीको सहभागिता रहेको दृश्टिविहिन टी २० विश्वकपमा शनिबार लिग चरणका खेलहरु सकिएपछि सेमिफाइनलमा नेपालको स्थान सुरक्षित भएको हो । दृश्टिविहिनहरुको टी २० विश्वकप क्रिकेट अन्तर्गत यसअघि भएका तीन संस्करणमा नेपालले सहभागिता जनाएको थियो ।

तर, त्यसबखत नेपाल लिग चरण भन्दा अघि बढ्न सकेको थियो । यसपटक भने ३ खेलमा पराजय व्यहोरेको नेपाल २ खेलमा शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । दृश्टिविहिन टी २० विश्वकपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेर नेपालले पहिलो पटक इतिहास रचेको छ ।

आइतबार पाकिस्तानको मुलतान क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । यस्तो श्रीलंका र बंगलादेश बीचको दोस्रो सेमिफाइनल खेल पनि आइतबार नै हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म