२ कार्तिक २०८३, सोमबार । October 19, 2026

दृश्टिविहिन टी-२० विश्वकप: पहिलो पटक नेपाली टोली सेमिफाइनलमा प्रवेश


१५ मंसिर २०८१, शनिबार  

3k
Shares

काठमाडौं । पाकिस्तानमा जारी चौथो संस्करणको दृश्टिविहिन टी-२० विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

६ टोलीको सहभागिता रहेको दृश्टिविहिन टी २० विश्वकपमा शनिबार लिग चरणका खेलहरु सकिएपछि सेमिफाइनलमा नेपालको स्थान सुरक्षित भएको हो । दृश्टिविहिनहरुको टी २० विश्वकप क्रिकेट अन्तर्गत यसअघि भएका तीन संस्करणमा नेपालले सहभागिता जनाएको थियो ।

तर, त्यसबखत नेपाल लिग चरण भन्दा अघि बढ्न सकेको थियो । यसपटक भने ३ खेलमा पराजय व्यहोरेको नेपाल २ खेलमा शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । दृश्टिविहिन टी २० विश्वकपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेर नेपालले पहिलो पटक इतिहास रचेको छ ।

आइतबार पाकिस्तानको मुलतान क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । यस्तो श्रीलंका र बंगलादेश बीचको दोस्रो सेमिफाइनल खेल पनि आइतबार नै हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि