२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न नेपाल आइपुगे ब्रान्डन मक्मलेन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न स्कटिस खेलाडी ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।

मक्मलेन शुक्रबार नेपाल आइपुगेका हुन् । उनले एनपीएल टिम सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्नेछन् । उनलाई सुदूरपश्चिम रोयल्सका विटम व्यवस्थापक रवि तिमल्सिनाले स्वागत गरेका थिए । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

जसमा उनले ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले २०२३ मा जमर्नीविरुद्धको खेलमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । उनी स्कटल्यान्डको एकदिवसीय टिमको पनि हिस्सा हुन् । उनले २६ एकदिवसीय खेलमा ३ शतक र २ अर्धशतक बनाएका छन् ।

सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनकासहित न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरू टोलीमा समावेश गरेको छन् । हाल सुदूरबाट खेल्ने मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् । सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।

त्यस्तै टिममा नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी,अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ