२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

एनपीएल अभ्यास खेलः विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित


१३ मंसिर २०८१, बिहिबार  

3.6k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको अभ्यास खेलमा विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग पराजित भएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा विराटनगर पोखरासँग ३६ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन जोडे ।

अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो । पोखराका लागि दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए । त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रनको योगदान दिए ।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २/२ तथा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ