३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

विराटनगर किङ्ग्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्टिन गप्टिल


१३ मंसिर २०८१, बिहिबार  

633
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेञ्चाइज टोली विराटनगर किङ्ग्सबाट खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगेका छन् ।

बिहीबार नेपाल ओर्लिएका गप्टिललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराटनगर किङ्ग्सका प्रतिनिधिले स्वागत गरेका थिए । ३८ वर्षीय ओपनिङ ब्याटर गप्टिलले १ सय २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतकसहित तीन हजार पाँच सय ३१ रन बनाएका छन् । यसअघि आजै दिउँसो क्यानडाका निकोलस किर्तोन विराटनगरबाट खेल्न नेपाल आइपुगेका छन् ।

आगामी मंसिर १५ गते शनिबारदेखि शुरु हुने पहिलो संस्करणको एनपीएल प्रतियोगिताको लागि विदेशी खेलाडी धमाधम नेपाल आउने क्रम सुरु भएको छ । उद्घाटन खेलमा पर्सि दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

एनपीएलमा विराटनगर, जनकपुरसहित चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि