२७ माघ २०८१, आइतबार । February 9, 2025

सानोगौचरनमा सुविधासम्पन्न रंगशाला बन्दै, काठमाडौं महानगरले थाल्यो निर्माणको काम



काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुननिर्माण थालनी गरेको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर रंगशालाको पुनः निर्माणको काम सुरु गरेकी हुन् । २२ करोड ९५ लाख ९३ हजार ९ सय ९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको धारणा व्यक्त गरेकी छन् । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । वरिपरि पर्खाल हुनेछ ।

यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् ।

पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ३ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको