८ कार्तिक २०८३, आइतबार । October 26, 2026

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लञ्च


१२ मंसिर २०८१, बुधबार  

393
Shares

काठमाडौं । रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन नेपाली बजारमा लञ्च भएको छ ।

नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ ।

सिग्नल्स एडिसन डेजर्ट स्पान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिडले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने कम्पनिको दाबी छ ।

कम्पनिले उक्त बाइकको मूल्य ५ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा