६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने


११ मंसिर २०८१, मंगलबार  

300
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसका लागि मंगलबार ओमोडा एन्ड जेइकोलाई सह-प्रायोजकका रूपमा सम्झौता गरेको छ। क्यानले मंगलबार पत्रकार सम्मेलन गर्दै एनपीएलको पहिलो संस्करणका लागि सह-प्रायोजकको रूपमा ओमोडा एन्ड जेइकोसॅंग साझेदारी गरेको हो।

क्यानका सचिवका र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गरे।

उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे।

कम्पनीले ओमोडा एन्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुऱ्याउने विश्वास लिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि