१० बैशाख २०८३, बिहिबार । April 23, 2026

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ


११ मंसिर २०८१, मंगलबार  

642
Shares

काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितीमा मंगलबार टोलीको विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै यू-१९ टोलीका कप्तान हेमन्त धामिले १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले एसिया कपका लागि धेरै फाइदा पुगेको बताएका छन् ।

यस्तै यू-१९ टोलीका नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउनेमा विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली युवा टोलीलाई दबाबरहित तरिकाले खेल्न सुझाव दिएका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपाली यू–१९ टोली नेपाली क्रिकेटको मेरुदण्ड भएको उल्लेख गरेका छन् । यू १९ एसिया कपका लागि नेपाल क्रिकेट संघ क्यानले यसअघि नै तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अभिषेक तिवारी र रन्जित कुमार लगायतका खेलाडीहरु रहेका छन् ।

एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म