१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ ।

न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनिमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो । त्यसबिचमा रुपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रुपन्देही लगेर बयानसमेत लिइएको थियो ।

रविविरुद्ध काठमाडौं र चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा

त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि