४ असार २०८३, बिहिबार । June 18, 2026

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ७ अर्ब ७२ करोड बढीको कारोबार


९ मंसिर २०८१, आइतबार  

63
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार छ सय ६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो । आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ७० हजार एक सय ९७ कित्ता शेयर ७६ हजार चार सय १८ पटक खरिदबिक्री हुँदा सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार दुई सय ५० को कारोबार भएको छ ।

लगानी समूह शून्य दशमलव शून्य आठ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह एक दशमलव ६३ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ ।

त्यसैगरी जीवन बीमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन् । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९१ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ सात दशमलव ७५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा