१८ पुस २०८२, शुक्रबार । January 2, 2026

जयसवाल र कोहलीको शतकमा भारतले अस्ट्रेलियालाई दियो ५ सय ३४ रनको लक्ष्य



काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ५ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलको तेस्रो दिनको खाजा समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली सय रनमा नटआउट रहे । कोहलीले टेस्ट क्रिकेटमा ३०‍औं शतक प्रहार गरे ।

यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए । भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १२ रन बनाएको छ । अस्ट्रेलियाका मार्नस लाबुशेन ३, कप्तान प्याट कमिन्स २ रन बनाएर आउट हुँदा नाथन म्याकस्वीनी शून्यमै आउट भए ।

भारतका कप्तान जसप्रीत बुमराहले २ र मोहम्मद सिराजले १ विकेट लिए । बोर्डर गभास्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला भइरहेको हो ।

यो शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together