१ आश्विन २०८३, बिहिबार । September 17, 2026

जयसवाल र कोहलीको शतकमा भारतले अस्ट्रेलियालाई दियो ५ सय ३४ रनको लक्ष्य


९ मंसिर २०८१, आइतबार  

4.3k
Shares

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ५ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलको तेस्रो दिनको खाजा समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली सय रनमा नटआउट रहे । कोहलीले टेस्ट क्रिकेटमा ३०‍औं शतक प्रहार गरे ।

यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए । भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १२ रन बनाएको छ । अस्ट्रेलियाका मार्नस लाबुशेन ३, कप्तान प्याट कमिन्स २ रन बनाएर आउट हुँदा नाथन म्याकस्वीनी शून्यमै आउट भए ।

भारतका कप्तान जसप्रीत बुमराहले २ र मोहम्मद सिराजले १ विकेट लिए । बोर्डर गभास्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला भइरहेको हो ।

यो शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ