४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल कबड्डी लिगको लोगो र ट्रफी सार्वजनिक


९ मंसिर २०८१, आइतबार  

84
Shares

काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक भएको छ ।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा गृह मन्त्री रमेश लेखकको उपस्थितिमा लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको हो । लोगो सार्वजनिकसँगै फ्रेन्चाइज सहरहरूको नाम पनि सार्वजनिक गरिएका छन् । नेपाल कबड्डी लिगको पहिलो संस्करणका लागि छ वटा फ्रेन्चाइज सहरहरूको नाम सार्वजनिक गरिएको छ।

जसमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवल रहेका छन् । कबड्डी लिगको यो घोषणा र कार्यक्रमले नेपाली खेलकुद क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको संकेत गरेको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कमल कुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झा र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा