११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

यो अर्थहीन को प्रदर्शन हो !!!



सामान्यतया सत्ता बाहिर बसेका प्रतिपक्ष दलहरुले सरकारको गलत क्रियाकलापको विरुद्धमा वा जनहितका काम गर्न दबाब सृजना गर्ने हेतुले वा यस्तै राष्ट्रिय महत्वका कुरालाई लिएर जुलुस, आन्दोलन वा शक्ति प्रदर्शन गर्ने प्रचलन प्रजातान्त्रिक शासन प्रणाली भएका मुलुकमा हुने गर्दछ ।

तर तर हामीकहाँ सत्तामा रहेको पार्टी स्वयं ले शक्ति प्रदर्शन गरेको छ। यो केका लागि, किन र कसका लागि भनेर आम नागरिक ले सहजै स्वीकार गर्न नसके पनि काठमाडौं महानगरपालिका ले भने यस्ता सडक आन्दोलन, प्रदर्शन गर्ने राजनीतिक पार्टी, संघसंस्था वा समुह हरुलाई एउटा राम्रै संदेश दिन खोजेको चाहिँ छ।

यस्ता प्रदर्शन त्यो पनि सहर का मुख्य मुख्य ठाउँमा गर्दा आम नागरिकलाई कति सास्ती हुन्छ, ट्राफिक जाम का कारण कति आवाश्यक जरुरी काम गर्न बाधा अवरोध हुन्छ त्यो ती आयोजकले बुझ्दैनन् या बुझेर पनि वास्ता गर्दैनन्। यस्ता खालका प्रदर्शन का कारण आम नागरिक ले दुःख त पाउँछन् नै त्यसका अलावा फोहर पनि त्यत्तिकै गर्छन्।

यसै कुरा लाई लिएर काठमाडौंका मेयर बालेन साहले एमाले पार्टी लाई सडक फोहर गरे बाफत एक लाख रुपैयाँ जरिवाना गरेको छ। त्यसै पनि प्रधानमन्त्री केपी ओली र मेयर बालेनबीच सुमधुर सम्बन्ध थिएन थप यो निर्णय ले एमाले र बालेन बीच वाकयुद्ध झन् चर्किने देखिएको छ।

प्रजातान्त्रिक समाजमा आफूलाई चित्त नबुझेको कुरा लाई लिएर यस्ता खाले जुलुस प्रदर्शन गर्न पाइन्छ र रोक्न मिल्दैन तर महानगरपालिकाको यो कारबाहीले अब भविष्यमा यस्ता प्रदर्शन गर्नेहरुलाई भने सडक को सरसफाइ प्रती सजग रहन भने स्पष्ट संदेश दिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली