९ बैशाख २०८३, बुधबार । April 23, 2026

सुर्खेतको पञ्चपुरीमा जिप दुर्घटना,१४ जना घाइते


८ मंसिर २०८१, शनिबार  

369
Shares

सुर्खेत । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्। घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका ९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन्।

यस्तै पञ्चपुरी नगरपालिका २ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका ७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका ७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी रहेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका ८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका ९ का केशव खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म