१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

सुर्खेतको पञ्चपुरीमा जिप दुर्घटना,१४ जना घाइते



सुर्खेत । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्। घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका ९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन्।

यस्तै पञ्चपुरी नगरपालिका २ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका ७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका ७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी रहेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका ८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका ९ का केशव खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा